वनस्पति समाजको पाँचौं साधारण सभा सम्पन्न र नयाँ कार्य समितिको चयन

यहि मिति २०७९/०८/२१ गतेका दिन वनस्पति समाज नेपालको पाँचौं साधारण सभा सम्पन्न भएको छ। सो सभामा आर्थिक बर्ष २०७८/७९ मा समाजले गरेका कामहरुको प्रगति समाजका अध्यक्ष प्रा डा मोहन शिवाकोटीले गर्नु भएको थियो । सोही बर्षको आर्थिक आय व्यय समाजका कोषाध्यक्ष डा नारायण प्रसाद घिमिरेले पेश गर्नुभएको थियो । समाजको विधान संसोधनको लागि पेश गरिएकोमा  सोही भेलाले सर्वसम्मतिबाट पारित गरेको थियो । यससँगै पाँचौं साधारण सभाले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । सो समितिको संयोजकमा डा केशव राज राजभण्डारी र सदस्यद्वयमा प्रा डा मोहन पन्थी र प्रा डा संगीता राजभण्डारी रहनुभएको थियो । सो निर्वाचन समितिले तपसिल बमोजिमको नयाँ कार्यसमितिको चयन गरेको थियो ।

 

  • अध्यक्ष डा सन्जीव कुमार राई
  • उपाध्यक्ष डा हरी प्रसाद अर्याल
  • सचिव डा नारायण प्रसाद घिमिरे
  • सहसचिव श्री जय प्रकास हमाल
  • कोषाध्यक्ष डा सीर्जना महर्जन
  • सदस्य डा विन्दु पोखरेल
  • सदस्य श्री दिपक लामिछाने
  • सदस्य डा लोक रञ्जन भट्ट
  • सदस्य डा मुक्ति राम पौडेल
  • सदस्य डा मधु शुदन थापा मगर
  • सदस्य डा श्याम शरण श्रेष्ठ

 

News & Articles
+ view all